मस्कोमा रात बिताए

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोमा सन् २०१३ मा भएको मिस युनिभर्स पेजेन्टका क्रममा आफू त्यहाँ एक रात पनि नबसेको भनी दुईपटकसम्म दिएको बयान झुठो भएको खुलासा भएको छ । उनले जेम्स कोमीलाई रुससँगको सम्बन्धलाई लिएर दिएको बयानमा उक्त मिस युनिभर्स प्रतियोगितामा उनको यौन क्रियाकलापसम्बन्धी प्रतिवेदन गलत भएको बताएका थिए ।

ब्लुमबर्गले जारी गरेको उक्त यात्राको पूर्ण विवरणमा ट्रम्प सन् २०१३ नोभेम्बर ८ शुक्रबारदेखि आइतबार बिहानसम्मको विदेश बसाइमा रहेको उल्लेख गरेको छ । यसले मिस युनिभर्स हुनुअगाडिको रात ट्रम्पले मस्कोमा बिताएको ठहर भएको जनाएको छ ।