रूखलाई सलाइन पानी

0
Shares

हैदरावाद, (एजेन्सी)
दक्षिण भारतको तेलंगाना राज्यमा ७ सय वर्ष पुरानो वरको रूखमा विशेष तरिकाले सलाइन पानी चढाइएको छ। रूखमा लागेका किरा हटाउन बोतलमा विशेष किटनाशक औषधी प्रयाग गरिएको बताइएको छ। करिब ३ एकड जमिनमा फैलिएको उक्त रूख विश्वकै सबैभन्दा ठूलो मानिन्छ। यो लोकप्रिय पर्यटकस्थल पनि हो। अधिकारीहरू यो रूख मक्किनबाट बचाउने प्रयासमा लागेका छन्। संक्रमण फैलिनबाट जोगाउन रूखको जरालाई पाइपमा बा“धिएको छ। रूखका हा“गालाई खस्न नदिन त्यसको वरपर सिमेन्ट प्लेट लगाउने व्यवस्था गरिएको अधिकारीहरूले बताए।