रातभर यौन प्यास मेटेपछि युवतीको हत्या



यमलाल भुसाल
बुटवल ।मानिसहरु प्रेममा किन पर्छन् जीवन खुसी बनाउन वा अकालमै जीवन गुमाउन रु सायदै यसको उत्तर आउला खुसी बनाउन एक अर्काको दुख सुखमा साथ दिन ।
तर कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुनेगरेका छन् । रुपन्देहीमा केहिदिन अघि यस्तै घटना घटेको छ ।
प्रेम सम्बन्धले एक युवतीको अकालमै ज्यान गएको छ । रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ की १५ बर्षिय युवती सरस्वती हरिजन यहि स्वार्थको शिकार बनेकी छन् ।
प्रहरीको अनुसन्धानपछि रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ बस्ने बर्ष १८ को प्रेम सागर केवटलाई बैशाख ५ गते नियन्त्रणमा लिएको हो ।
केवटले प्रहरीसंगको बयानमा ती युवतीसंग ३ —४ बर्ष पहिलेदेखि नै चिनजान भई प्रेम सम्बन्ध रहेको बताएका छन ।
केवटले बैशाख ३ गतेको रात ती युवतीसंग नै बिताएको र यौन प्यास मेटेर बिहानपख उसैको कपालले नै घाटि कसेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याललाल ज्ञवालीले बताउनु भयो ।
केवट रुपन्देही ओमसतिया गांउपालिका वडा नं ६, शिबलवाहाका १८ बर्षिय युवक हुन् । उनले ज्याला मजदुरी नै गर्ने गर्दथे ।
बैसाख ३ गते रातको ९ बजे घरबाट बेपत्ता बनेकी ती युवतीलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निकै खोजबिन गरेको थियो ।
स्थानीयले खोज्दै जांदा बैसाख ४ गते बिहान ८ बजे ओमसतिया गाउपालिका वडा नं ६ स्थित खाली खेतमा ती युवतीलाइ मृत अबस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय धकधईलाई खबर गरेका थिए ।
प्रहरीले सो घटना हत्या नै भएको ठहर गर्दै गहन रुपमा अनुसन्धान गरेको थियो ।
यसै बिच किशोरी सुरक्षा कमजोर भएको भन्दै रुपन्देहीका किशोर किशोरीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
सुरक्षा अभावमा आफ्नै टोल छिमेकमा किशोरीको हत्या हुन थालेको भन्दै उनीहरुले सुरक्षाको समेत माग गरे । संवाद किशोर किशोरी संजाल रुपन्देहीले बिहीबार जिल्ला प्रशाशन कार्यालयमा ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन । उनीहरुले मंगलबार ओमसतिया ६ नरेनापुरमा आफ्नै साथीको बलत्कार गरी हत्या भएको घटनामा संलग्नलाई कडा बारबाही गर्न आग्रह गरे ।
बाल अधिकार खोस्ने वा हत्या र हिंसा गर्नेमाथि कारबाही गरिए यस्ता घटना दोहोरिन नपाउने उनीहरुको तर्क छ । सञ्जालकी संयोजक शान्ति विकले पछिल्ला घटनाका कारण किशोरीहरु त्रसित भएकाले किशोरीमाथिको हिंसा र हत्या बन्द गर्न विशेष अभियान चाल्न आग्रह गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्