लिन्च स्टक मार्केटलाई धितोपत्र बोर्डद्वारा ५० हजार जरिवाना

564
Shares

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ग्राहकको गलत विवरण डिम्याट खाता खोल्ने धितोपत्र दलाल निक्षेप सदस्य लिन्च स्टक मार्केटलाई जरिवान गरेको छ । झुठा विवरणको आधारमा डीपी एकाउन्ट खोली शेयर कारोबार गरेको बोर्डमा उजुरी परेपछि छानविन गरी बोर्डले कारबाही गरेको हो ।

छानविनका क्रममा लिन्च स्टक मार्केटले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचवुझ नगरेको तथा ग्राहक परिचय विवरणमा त्रुटी देखिएकाले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) व्यवस्थापालना गरेको नदेखएकाले उक्त कम्पनीलाई बोर्डबाट ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः पूर्ण विवरणसहितको अभिलेख राख्नुपर्ने, निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरेपछि मात्र धितोपत्र खाता खोल्ने, हितग्राही खाता खोल्नुभन्दा अगाडि बोर्ड, केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरे बमोजिमको लगानीकर्ता पहिचान प्रक्रिया पूरा गर्नुपर्ने तथा ग्राहकको सही रुपमा पहिचान तथा सोको पुष्टि भरपर्दो स्रोतबाट कागजात तथ्यांक वा जानकारीका आधारमा खाता खोल्नुपर्ने व्यवस्था छ ।