सलमान खान धरौटीमा रिहा


मुम्बई । बलिवुड अभिनेता सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विहिबार अदालतको आदेशपछि जेल चलान भएका सलमान आजै जेलबाट धरौटीमा रिहा हुने भएका छन् ।

विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल गरेका थिए । सलमान खानलाई विहिबार अदालतले सजाय सुनाउनासाथ हिरासतमा लिइएको थियो ।

उनलाई विहिबार नै हिरासतमा लिएर जेल चलान गरिएको थियो । कालो हरिणको शिकार प्रकरणमा दोषी बनाइएका सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई भने आरोपबाट मुक्त गरिएको थियो । सन १९९८ मा फिल्म ‘हम साथ साथ है’ को सुटिंगमा क्रममा भएको यो घटनामा सलमानका अलावा सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई पनि दोषी बनाइएको थियो ।

सन १९९८ को अक्टुबर २ तारिखमा सलमानले जोधपुरको कंकाणी गाउँ सहित तीन अलग अलग ठाउमा हरिणको शिकार गरेको आरोप लागेको थियो । सलमानले सो रात दुई कालो हरिणको शिकार गरेको र त्यसका लागि सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमले उनलाई उक्साएको आरोप लगाइएको थियो ।

कालो हरिणको शिकारका अन्य दुई प्रकरण अदालतले सलमानलाई सफाई दिएपनि राजस्थान सरकारद्वारा सलमानलाई दिइएको ५ बर्ष र एक बर्षको सजाय माफीको फैसलाविरुद्ध भारतको सर्वोच्च अदालतमा अपिल गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।