डमरुको डन्डीबियो च्यालेन्जका साथ ट्रेलरमा

0
Shares

आगामी नयाँ वर्ष २०७५ मा अल नेपाल रिलिज हुने तयारीमा रहेको फिल्म डमरुको डन्डीबियोको ट्रेलर सार्वजनिक गरिएको छ।

फिल्मको निर्माण संस्थाले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ठ्याक लाउने च्यालेन्जसमेत शुरू गरिसकेको छ। राजधानीका केही स्थानमा चलिरहेको ठ्याक लाउने च्यालेन्जले सिनेमाको प्रचार र डन्डीबियोको महत्त्व झल्काउने फिल्मका कलाकार तथा निर्माता निर्देशकले बताए। देशको पूर्व राष्ट्रिय खेल डन्डीबियोमा आधारित यो फ्यामिली स्पोर्ट ड्रामालाई फिल्म लेखक छेतेन गुरुङले निर्देशन गरेका छन्। फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगी होपु कोइँच सुनवार, नमिता घिसिङलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

आगामी वैशाख २१ गते अल नेपाल रिलिज हुने फिल्म समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा नोर्बुछिरिङ घले र विनोद गुरुङले निर्माण गरेका हुन्। फिल्ममा लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।