मानव वेचविखन अन्त्य गर्न नीतिगत संवाद



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
मानव वेचविखन तथा वैदेशिक रोजगारका नामबाट उत्पन्न विभिन्न समस्यालाइ समाधानका लागि स्थानीय तहमा आवस्यक कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

केहि दिनअघि सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सामुदायिक सारथीद्धारा आयोजित मानव बेचबिखन तथा सुरक्षित आप्रवासन सम्बन्धि नीतिगत संवाद कार्याक्रममा सहभागिहरुले विभिन्न सुझाव दिँदै स्थानीय तहले आवस्यक नीति निर्माण गरि प्रभावकारी कार्यान्वयनमा लाग्न जोड गरेका हुन् ।

मानव बेचविखन र बैदेशिक रोजगार ठगीको विद्यमान अवस्था र समस्या समाधानका लागि स्थानीय तहमा निर्माण हुनसक्ने संभावित नीति तथा कानुनबारे छलफल भएको थियो । मानव बेचविखनलाई निर्मुल गर्दै बैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्थानीय तहबाटै राहदानीको सिफारीस गर्नुपर्ने सहभागिहरुले बताए ।

वडा तहमा सूचना डेस्क स्थापना गर्नुपर्नेदेखि बेचविखन प्रभावितका लागि जीविकोपार्जनमा पनि सघाउनुपर्ने उनीहरुले बताए । छलफलमा सहभागी सरोकारवालाहरुले वेचविखनको सवाल जुनसुकै भएपनि मानवता विरुद्ध अपराध भन्दै यसबाट मसहला तथा बालबालिका नै बढी प्रभावित हुने गरेको बताए ।

अपराधिलाइ कडा कानुनी कारवाहीको व्यवस्था नहँुदा घटना दिनानुदिन बढिरहेकोले अब स्थानीय तहबाट नै कानुन बनाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्नेमा सरोकारवालाले जोड दिए । ‘स्थानीय तहबाटै राहदानीको सिफारीस हुन सके वेचविखनमा स्वत कमी आउनसक्छ, वडा तहमा एउटा सूचनाडेस्क नै राख्नुपर्दछ’, गैरसरकारी संस्था महाँसंघका पूर्व केन्द्रिय सदस्य सोम सापकोटाले भने, –अपराधीलाई मात्र हैन अव अपराधिलाई संरक्षण गर्नेलाई पनि कार्वाहीको कानुनी व्यवस्था हुनुपर्दछ ।’

अपराधी संरक्षण गर्नेलाई पनि कानुनी कार्वाहीको दायरामा ल्यान सकिएमा सिन्धुपाल्चोकलाई मानव बेचविखन मुक्त जिल्ला बनाउन सकिने बताए । कतिपय अवस्थामा मानव बेचविखन तथा बैदेशिक रोजगार ठगीका घटनामा पीडिकलाई राजनैतिक संरक्षण हुने गरेको भन्दै इन्सेक जिल्ला प्रतिनीधि एवं अधिकारकर्मी नातीवावु धितालले दलका प्रतिनीधिहरुलाई अपराधमा राजनीतिकरण नगर्न सुझाए । ‘मानव बेचविखनमा संलग्न पीडकहरुलाई संरक्षण नगर्नुस्, अब त्यस्ता मान्छेको साधारण सदस्यता नै खारेज गर्ने कामको सुरुवात गर्नुस्’, धितालले भने ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले जिल्लालाई मानव बेचविखनका घटनाबाट मुक्त जिल्लाका रुपमा विकास गर्नुपर्ने भन्दै नगर तहमा आवस्यक कार्यविधि, ऐन र कानुन बनाएर अघि बढ्ने बताए । ‘सरोकारवाला निकाय र विज्ञहरुको सल्लाह र सुझावकै आधारमा हामीले नीतिगत बाटो पहिल्याउने हो’, मेयर तामाङले भने, –‘हामी नीति बनाउँछौं, तपाइँहरु सवाल केन्द्रित भएर प्रभावकारी ढंगले काम गर्नुस् ।’ स्थानीय तहमा कतिपय ऐन कानुन निर्माण भइसकेको भएपनि आवस्यक्ताका आधारमा संशोधन र परिमार्जन गर्न सकिने उनले बताए ।

कार्यक्रममा अधिवक्ता तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक मिलन श्रेष्ठले मानव वेचविखनको परिभाषा प्रकार र तरिकाहरु तथा मानव वेचविखन र सुरक्षित आप्रवासनको सवालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय नीति ऐन तथा कानुनको विश्लेषणात्मक प्रस्तुती गरेका थिए ।

कार्यक्रमकी सहजकर्ता तथा सामुदायिक सारथीकी बोर्ड सदस्य कृष्णप्यारी नकर्मीले पछिल्लो समयमा शिक्षा र वैदेशिक रोजगारीको नाममा फरक ढंगले वेचविखन हुने गरेको औंल्याईन् । ‘वेचविखनको शैली र स्वरुप फेरिएको छ, अब सोही अनुसार सचेतना र जागरणका कार्यक्रम सुरु गर्नुपर्दछ’, उनले भनिन् ।

सामुदायिक सारथीद्वारा महिला शशक्तिकरण तथा लैंगिक समानताको लागि ‘सही हो’ अभियान अन्तर्गत संचालित उक्त संवाद कार्यक्रममा प्राप्त राय सुझावलाई प्रतिवेदनका रुपमा तयार गरि सवै स्थानीय तहमा पु¥याउने संस्थाका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्