काबेली करिडोर वैशाखभित्रै पूरा हुने



गणेश साम्पाङ, पाँचथर

काबेली विद्युत् प्रसारणलाइन काबेली करिडोरका सम्पूर्ण काम वैशाख १० गतेभित्र सकिने नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको छ। काबेली करिडोरको निर्माण ढिलाइका कारण निर्माण सम्पन्न भएका विद्युत् गृहबाट उत्पादित रहेको विद्युत् खेर गइरहेको विषयमा निरीक्षण गर्न फिदिमआई पुग्नुभएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो दाबी गर्नु भएको हो।

घिसिङले काबेली करिडोरको ढिलाइको कारणले यस क्षेत्रमा उत्पादन भएको ८० मेगावाट विद्युत् खेर जाने अवस्थामा पुगेको छ त्यसैले यसको ढिलाई गर्न नहुने घिसिङले बताउनुभयो। पाँचथरका विभिन्न खोलामा निर्माणधीन जलविद्युत् आयोजनाको काम सकिन लाग्दा पनि कोरिडोरको काम सकिने छाँट नदेखिएपछि विद्युत् प्राधिकरणले वैशाखभित्र जसरी काम सक्ने कसरत भइरहेको बताउनुभयो।

आयोजनाको काम ढिलाई भएको भन्दै निरीक्षण गर्न आएका घिसिङले निर्माण कम्पनी तथा आयोजना कार्यालयलाई जसरी पनि वैशाखभित्र काम सक्न निर्देशन दिनु भएको थियो। भारतीय निमार्ण कम्पनी ज्वग्वार एन्ड एस्टरले निमार्ण कार्यको जिम्मा लिएको हो। काममा आवश्यक समन्वय गर्न नसक्दा निर्माणको काम रोकिएको हो निर्देशक घिसिङले बताउनुभयो। ‘अबका केही महिनाभित्रै काम सक्नुपर्छ,’ घिसिङले भने यसरी ढिलाइ गरेर हँुदैन, म्याद थपिसकिएको छ।’ प्रसारणलाइनमा देखिएका समस्या समाधानका लागि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन तथा स्थानीयबासीसँग समेत समन्वय गर्ने उहाँले बताउनुभयो।

पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने करिडोरको इलामको गोदकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाइ भएको छ। केही ठाउँमा स्थानीयले अवरोध गरेका छन्। निर्माण कम्पनीले काममा खासै चासो नदिएको कारण अवरोध नभएका ठाउँमा समेत काम देखिएको छैन निर्माण कम्पनीले आलटाल गरिरहेको घिसिङको भनाइ छ।

करिडोरको बाटोमा पर्ने फिदिम नगरपालिका वडा नम्बर २ र ४ मा निर्माण हुने टावरले स्थानीयबासीको घर तथा जमिनमा क्षति पुर्याउने हुनाले स्थानीयबासीले माग राखी अवरोध गरेको नेपाल आदिबासी जनजाती महासंघ पाँचथरका निवर्तमान अध्यक्ष बिर्खबहादुर वाइबाले बताउनुभयो। हामी विकास विरोधी होइनांै तर विकासका नाममा आप्mनो गरी खाने ठाउँ नै नरहने गरी विस्थापित हुने अवस्था आए किन चाहियो विकास त्यसैले स्थानीयबासीले माग राखेको उहाँले बताउनु भयो।

प्रसारणलाइनको स्थलगत निरीक्षण गर्दै घिसिङले यो वा त्यो बाहाना काममा ढिलाई नगर्न निर्देशन दिनुभयो। घिसिङसहितको टोलीले फिदिममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय अधिकारी, जिल्ला वन कार्यालयका प्रमुखलाई काम गर्ने वातावरण बनाउनका लागि समन्वय बैठक गरेका थिए। घिसिङले पाँचथरका विभिन्न ठाउँमा निरीक्षण तथा स्थानीयसँग छलफलसमेत गर्नु भएको थियो।

झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको १३३ केभीए विद्युत् प्रसारणलाइन इलामको गोधकमा रहेको सवस्टेशनसम्म निक्कै ढिला गरी काम सकिएको थियो। गोधक –अमरपुर खण्डमा ५० प्रतिशत मात्र काम भएको छ। यो खण्डमा ५६ दशमल १ किलोमिटर प्रसारणलाइन रहेको छ। इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयबासीले अवरोध गरेका छन्। सिद्धिथुम्कामा ११ वटा र चमैतामा ४ वटा टावर राख्ने स्थानमा अवरोध छ।

१ अर्ब ३० करोडमा निर्माण गर्ने ठेक्का पाएको कम्पनीले काम भने तोकिएको समय नसकेपछि थप भएको समयमा पनि सकिने अवस्था देखिएको छैन। आर्थिक २०६६÷६७ बाट करिडोरको काम शुरू भई २०७१÷७२ भित्र सक्ने शुरूआती योजना थियो। तल्लो हेवा जलविद्युत् आयोजना, इन्द्रावती जलविद्युत् आयोजना, काबेली बी–१ जस्ता आयोजनाको काम सकिने अवस्थामा पुगेको छ। हेवा ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्समेत करिडोर पूरा नहँुदा खेर गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्