हुलाकी सडक आयोजनाको काममा नगरवासीको चासो

0
Shares

भद्रपुर । हुलाकी सडक आयोजना अन्र्तगत झापाको भद्रपुर नगरपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका कामहरुमा सरोकारवाला निकायले चासो देखाएका छन् ।

भद्रपुर नगरपालिकाको आयोजना तथा हुलाकी सडक आयोजना इटहरीको संयोजनमा वुधबार नगरपालकिामा भएको छलफल कार्यक्रममा ठेक्का लागेका योजनाहरु तत्काल सम्पन्न गर्न अनुरोध गरेका हुन् ।

योजनाहरु सुरु भइरहेपनि सर्वसाधारणले कुनै जानकारी नपाइरहेको अवस्थामा भइरहेका कामहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने उदेश्य राखेर कार्यक्रममको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले जनाए ।

राइले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै निर्माणाधीन मेची पुल, शीत भण्डार,चारआली – केचना र भद्रपुर – राजगढ हुलाकी सडकमा भइरहेका प्रगतीको बारेमा हुलाकी सडक आयोजनालाइ प्रष्ट पार्न राईले अनरुोध गरेका थिए ।

आयोजनाका इन्जिनीयर उपेन्द्र कुमार दासले मेचीपुलको काम ९५ प्रतिशत सम्पन्न भइसकेकोले भारत तर्फको डेढसय मीटर र नेपालको २ सय ९० मीटर लम्बाइको काम बाँकी रहेको जनाए ।

बाटोमा पर्ने जग्गाको मुअब्जा दिइसकेको तर घर टहराको भने शहरी तथा भवन डिभिजनवाट आधिकारिक पत्र आइनसकेको उल्लेख गरेका थिए । सडक तर्फ झापा चौकदेखि ज्ञाने चौक सम्मको सडक र त्यसैगरि भद्रपुर देखि राजगढ सम्मको सडकमा चैत्रवाट कालो पत्रे सुरु गरिने दासले जानकारी गराएका थिए ।

कार्यक्रममा प्रदेश सांसद ओम प्रकाश सरावगी,श्रीप्रसाद मैनाली, गोपाल बहादुर बुढाथोकी, बसन्त वाँनीया,पुर्व नगर प्रमुख भरतेन्दु कुमार मल्लिक, राजनीतिक दल, सञ्चारकर्मी ,उद्योगी,व्यवसायी लगायतले आ– आफ्नो धारणा राखेका थिए । भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सञ्चालन राजन न्यौपानेले गरेका थिए ।