प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट


काठमाडौं  । संसदको सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरेका हुन् ।

ओलीले फागुन ३ गते  प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र त्यही दिन सपथ पनि लिएका थिए । प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए । सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।