सिर्जना पन्त, बागलुङ । बागलुङको जैमिनि नगरपालिकमा निर्माण कार्य सम्पन्न भइ विद्युत उत्पादनको अन्तिम चरणमा रहेको ठेउलेखोला जलविद्युत आयोजना मुआव्जा विवादका कारण रोकिएको छ ।
३० जना व्यक्तिहरुको ३३ रोपनी जग्गमा फैलिएको आयोजनामा एक स्थानीयले जग्गा मुअब्जा माग गरे पछि ठेउलेखोला जलबिद्युत आयोजना विवादमा तानिएको हो । स्थानीय खगेश्वर शर्माले मुआब्जा माग गरेका कारण अन्तिम समयमा निर्माण कार्य रोकिएको आयोजनाले जनाएको छ । जैमिनि नगरको समृद्धिको आधार मानिएको १.५ मेगावट क्षमताको उक्त आयोजना अन्तिम अवस्थामा आएर रोकिएको हो ।
मुआव्जा विवादमा नगरपालिकाले मिलाउने प्रर्यत्न नगरेका कारण आयोजना उत्पादन दिने अवस्थामा रोक्नु परेको वताइएको छ ।
नगरपालिकाले मुल्याङकन गरी विवादीत मुआव्जा निर्धारण गरे मुआव्जा दिन आफू तयार रहेको भएपनि नगरपालिकाले ढिला सुस्ती गरेको आयोजनाको भनाई छ । झण्डै बागलुङ जिल्लाको एक तिहाई विद्युत आपुर्ती गर्ने आयोजनाको मुआव्जा मिलाउन कसैले पहल नगदा आफुहरु मर्कामा परेको निर्माण कम्पनी बाराही हाइड्रो पावर पव्लीक लिमिटेडका अध्यक्ष सुर्य प्रसाद अधिकारीले बताउनुभयो ।
निर्माण कार्य सकिए पनि मुआव्जा विवाद गर्ने खगेश्वर शर्माको ३ रोपनी जग्गामा जम्मा १६ मिटर पाइपलाईन बनाउनु पर्ने भए पनि जग्गाको लागि एक करोड ५ लाख रुपैयाँ मुअब्जा माग गरेको अधिकारीले बताउँनुभयो । परियोजनाको लागि त्यस क्षेत्रमा प्रतिरोपनी ३ लाख ६० हजार रुपैयाँमा जग्गा अधिकरण गरिएको तर शर्माले १ करोड ५ लाख रुपैयाँ माग गरेपछि त्यस ठाउँमा पाइपलाइन बनाउने काम रोकिएको ईन्जिनियर अधिकारीले बताउनुभयो ।
‘आयोजना प्रभावित क्षेत्रमा जग्गा पर्नेहरुलाई करिब ९० लाख बढी रकम मुआव्जा वितरण गरिसकेको छ उहाँले भन्नुभयो २०७० चैतमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको लघुजलविद्युत आयोजना निर्माणका क्रममा नाकाबन्दी, भुकम्पका कारण दुई वर्ष ढिला भएको भएपनि अहिले मुअब्जा विवादका कारण झनै लम्बिएको छ ।’
२०७० सालमा विद्युत आयोजना निर्माणको योजना बनाउँदा २६ करोड ५० लाख लागत अनुमान गरिएपनि ३४ करोड भन्दा बढी खर्च लाग्ने आयोजनाले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि जैमिनी नगरपालिका वडा नं. १ को कुस्मीसेरामा सवस्टेशन निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।
उक्त आयोजना निर्माणपछि बागलुङ नगरपालिकाको केही भाग, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा विद्युत विस्तारमा सहजता हुने जनाइएको छ । सर्कुवा र कुस्मीसेराको सीमानामा बाँध, विनामारेको मसिना पुल नजिकै पावर हाउस निर्माण र कुस्मीसेराको टुनीबोटमा प्रशारण लाईन तयार गरिएको छ ।
एकजना व्यक्तिका कारण विद्युत आयोजनालाई रोक्न नहुने स्थानीयहरुले बताएका छन् । स्थानीयहरुले समस्या समाधानको लागि समिति बनाएर अघि बढेको बताउँदै जलविद्युत आयोजनाले सिङ्गो जैमिनीलाई उज्यालो बनाउन मद्दत पुग्ने कार्यमा कसैबाट अनावश्यक अवरोध हुन नहुने बताउदै आएको छ । मुआव्जा समाधान भएको ३० दिन भित्रमा विद्युत उत्पादन गरी सक्ने आयोजनाले बताएको छ ।
यदी मुआव्जा विवादका कारण उत्पादनमा ढिलाई भए आयोजनालाई वार्षिक एक करोड वढी घाटा लाग्ने बताएको छ । स्थानीयहरुको भविश्य जोडिएको आयोजना स्थानीयवाटै सिमित स्वार्थका लागि रोकीनु आफैमा दुखद अवस्था हो ।











प्रतिक्रिया