पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने



काठमाडौं । आज पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् ।

बुधबार र बिहीबार धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविदको भनाई छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले धेरै ठाउँको मौसम बदली भएको हो ।

२४ घण्टामा विराटनगरमा १८ दशमलव १ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया दिनुहोस्