घुस लिदैं गरेको अवस्थामा फार्मेसी निरीक्षक पक्राउ



बाँके । नेपालगन्जको ‘चिकेन ६५ रेस्टुरेन्ट’ बाट घुस लिदैं गरेको अवस्थामा फार्मेसी निरीक्षकलाई रंगेहात अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई २८ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरिक्षक रानालाई घुस लिदै गरेको अवस्थामा रंगेहात अख्तियारको टोलीले सोमबार साझ ७ बजे रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

रेष्टुरेन्टमा बोलाएर सेवाग्राहीबाट लिएको २८ हजार नगद रुपैया र सुकुटी माछासहित पक्राउ गरिएको आयोगको कार्यालय कोहलपुरले जनाएको छ । अख्तियारका अनुसार क्षेत्रीले मेडिकलसँग अवैध रुपमा रकम माग्ने गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरेको बताएको छ ।

अहिले क्षेत्री थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा छन् । रानाले भने सुकुटी खाना बोलाएको भन्दै फसाएको बताए । यस विषयमा मलाई जानकारी नै थिएन रानाले भने।

प्रतिक्रिया दिनुहोस्