प्रमद्वयको भेट

0
Shares

 

नयाँदिल्ली, (एजेन्सी)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार क्यानाडाली समकक्षी जस्टिन ट्रुडिउलाई भेटेका छन्। पहिलो औपचारिक भ्रमणको क्रममा करिब एक साताअघि ट्रुडिउ भारत पुगेका हु्न्। अघिल्लो दिन क्यानाडाले दिल्लीमा उनीसँगको औपचारिक रात्रिभोजका लागि एकजना शिख अतिवादीलाई दिइएको आमन्त्रण फिर्ता लिएको थियो। क्यानाडाली प्रधानमन्त्रीले उनको सरकार शिख अतिवादीहरूप्रति नरम रहेको आरोपको प्रतिवाद गर्दै आएका थिए। उनको भारत भ्रमणको पनि भारत सरकारका थुप्रै वरिष्ठ सदस्यहरूले बेवास्ता गरेका छन्। उनको र मोदीको भेट दिल्लीस्थित राष्ट्रपति भवनमा भएको हो।