गस्ती जारी रहने

0
Shares

मनिला, (एजेन्सी)
अमेरिकाले दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिका बाबजुद गस्ती जारी राख्ने जनाएको छ। अन्तर्राष्ट्रिय नियमअनुसार अनुमति दिने दक्षिण चीन सागरका सबै क्षेत्रमा अमेरिका तैनाथ रहने अमेरिकी नौसेनाका अधिकृत कमान्डर टिम हकिन्सले बताए। अमेरिकाले त्यस क्षेत्रमा आफ्नो दाबी कहिल्यै नगर्ने तर त्यहाँको आवागमन स्वतन्त्रताको समथर्न गर्ने उनले बताए। दक्षिण चीन सागरको ठूलो हिस्सामा चीनले आफ्नो अधिकार क्षेत्र भएको दाबी गर्दै आइरहेको छ। चीनले अमेरिकामाथि त्यस क्षेत्रमा अवैधरूपमा धुसपैठ गरेको आरोप पनि लगाएको छ।