पहिलो महिला पाइलट

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
चौबीस वर्षीया आभानी चतुर्वेदी एक्लै लडाकू जेट विमान उडाउने पहिलो भारतीय महिला बनेकी छिन्। भारतीय वायु सेनाले यसै साताको शुरूमा उनले ३० मिनेटसम्म मिग–२१ विमान उडाएको जनाएको छ। वायु सेनाका प्रवक्ता अनुपम बनर्जीले उनले लडाकू विमान उडाएको दिन भारतको सशस्त्र फौजको इतिहासमै गौरवशाली दिन रहेको बीबीसीलाई बताएका छन्। भारतीय वायु सेनामा लडाकू विमान उडाउन तालिम दिइएको पहिलो तीन जना महिलामध्ये चतुर्वेदी एक हुन्। छिमेकी मुलुक पाकिस्तानमा करिब २० जना महिला लडाकू विमान पाइलट रहेका छन्।