उत्पादन बढेपनि विक्रि नहुँदा बारिमै कुहियो अदुवा

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानमा बिक्रि नभएपछि अदुवा बारिमा नै कुहिन थालेको छ । भारतमा निर्यात हुदै आईरहेको अदुवा भारतले निकासी बन्द गरेपछि किसानहरुले लगाएको अदुवा बारीमै कुहिन थालेको हो ।

व्यापारीहरु अदुवा खरिद गर्न कोही पनि नआएपछि झन्डै ५ रोपनी क्षेत्रफलमा लगाएको अदुवा बारीमा कुहाएर राखेको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ ज्यामिरेका किसान रुपलाल यरीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘व्यापारीलाई सोध्दा मुल्य छैन बिक्रि गर्न पनि सकिदैन भन्छन् । मैले ५ रोपनी क्षेत्रफलमा लगाएको छु अरु लगाएको भए बरु आम्दानी अरुले लिन सकिन्थो ।’

नगदेबालीको रुपमा रहेको अदुवा बारीमै कुहिन थालेपछि आफ्नो परिश्रमका साथै लगानी नै डुवेको अर्का किसान कालिमाटी गाउँपालिका वडा न २ फारुला निवासी टरि बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अदुवा बिक्री गरेर वर्ष दिनभरीको गर्जो टार्ने हामी जस्ता किसान त यतिखेर उठ्न नसक्नेगरी लगानी डवाएका छौ । छोराछोरी पढाउने देखि घरखर्च टार्नेसम्मको काम यहि अदुवा विक्री गरेर गर्ने गरेका थियौ तर अदुवा नै बिक्री नभएपछि कसरी परिवार पाल्ने हो चिन्ता लागि रहेको छ ।

अदुवाको विक्रि नभएपनि जिल्लामा अदुवाको उत्पादन भने बढि रहेको छ । यस आर्थिक वर्षमा ३१ हजार २ सय ४५ मेटिक्टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

चालु आ.व. मा २ सय ८३ हेक्टर क्षेत्रफलमा अदुवा खेती भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका प्राविधिक सहायक धनन्जय शर्माले बताउनु भयो । गत आ.व. मा २५ हजार ६ मेटिम्टन अनुवा उत्पादन भएकोमा ६ हजार २सय ३९ मेटिक्टा अदुवा उत्पादनमा वृद्धि आएको शर्माको भनाई रहेको छ ।

अदुवा लगाउने समयमा अनुकुल बातावरण, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जोन कार्यक्रम, लगायतका कारण अदुवा उत्पादनमा वृद्धि आएको बताउनुभयो ।

Skip This