विद्यार्थीको हत्या

0
Shares

रोम, (एजेन्सी)
रोमका एक वकिलले इजिप्टको स्वतन्त्र ट्रेड युनियनमाथि अनुसन्धान गरेकै कारण इटालियन स्नातकस्तरका विद्यार्थी गिउलियो रेगेनीको हत्या गरिएको शुक्रबार बताएका छन्। दुई वर्षअघि उनको अंगभंग गरिएको शव भेटिएको थियो। उक्त हत्याकाण्डको विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने क्रममा वकिल गिउसेप्पे पिग्नाटोनले उनी बेपत्ता हुनु अघिसम्म प्रहरीको उच्च निगरानीमा रहेको बताएका छन्। तर उनले यस विषयमा कसैलाई पनि अभियोग लगाएका छैनन्। रेगेनीको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको दाबी गर्ने इजिप्सियन अधिकारीहरूले उनीमाथि निगरानी राखिँदै गरेको भने स्वीकार गरेका छन्।