सहयोग अस्वीकार

0
Shares

होनोलुलु, (एजेन्सी)
गल्तीवश ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको सतर्कता चेतावनी दिने अमेरिकी हवाई राज्यका एक सरकारी कर्मचारीले संघीय र राज्यका अनुसन्धाकर्तालाई सहयोग गर्न अस्वीकार गरेको बिहीबार सरकारी अधिकारीहरूले जनाएका छन्। संघीय सञ्चार आयोग जन सुरक्षा तथा मातृभूमि सुरक्षा ब्युरोका अध्यक्ष लिसा फोल्क्सले उनको असहयोगको कारण सुरक्षा निकाय असन्तुष्ट भएको बताएकी छिन्। वासिङ्टनमा अमेरिकी सिनेट कमर्श कमिटीका सदस्यहरूलाई ती व्यक्तिले आफ्नो सोचमा परिवर्तन ल्याउने कुरामा आफूहरू आशावादी रहेको पनि बताएकी छिन्। उनको सो चेतावनीका कारण हवाईका जनतामा सन्त्रास फैलिएको थियो।