गुम्बामा चलखेल

0
Shares

हङकङ, (एजेन्सी)
चिनियाँ अधिकारीहरू विश्वका सबैभन्दा ठूलामध्येको एक तिब्बती बौद्ध गुम्बामाथि कब्जा गर्न लागि परेको ह्युमन राइट्स वाच (एआरडब्ल्यू)ले जनाएको छ। बौद्ध दीक्षा तथा प्रार्थना गर्न प्रयोग हुँदै आइरहेको दक्षिण पश्चिम सिचुआन प्रान्तको पहाडी इलाकामा पर्ने लारुंग गार बौद्ध केन्द्रको प्रशासनिक कामका लागि इन्चार्जमा कम्युनिस्ट पार्टी अधिकारीलाई ल्याउने योजना बनाइरहेको बताइएको छ। उक्त बौद्ध केन्द्रलाई सानो बनाउने ८ महिने योजनाअनुरुप गत वर्ष अप्रिलमा यसको केही भाग भत्काइएको थियो। सरकारले अहिले उक्त केन्द्रलाई प्राज्ञिक र गुम्बाका रूपमा विभाजन गर्न लागेको छ।