कस्ताे सकस एक प्रधानमन्त्रीले बच्चा जन्माउन ? संसदमै  स्तनपान देखी जानीजानी बाँझो सम्मकाे कथा



एजेन्सी । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोले आजभन्दा करिब ३० वर्ष पहिला प्रधानमन्त्री हुँदा छोरी जन्माएकी थिइन् । १९९० को जनवरी २५ तारिखका दिन उनकी छोरी बख्तावर जन्मेकी थिइन् ।

अहिले न्युजल्यान्डकी ३७ वर्षीया प्रधानमन्त्री जैसिंडा आर्डन प्रधानमन्त्री हुँदा नै बच्चा जन्माउने दोस्रो महिला प्रधानमन्त्री हुँदैछन् । बेनजिरको समय १९९० मा अहिल जस्तो सजिलो थिएन । उनको बारेमा कुरा काट्नेहरूको कमी थिएन । कतिसम्म भने त्यस समयमा प्रधानमन्त्रीलाई सुत्केरी बिदाको हकसम्म थिएन ।

त्यो समयका न्युज एजेन्सी र पत्रपत्रिकामा नेसनल एसेम्ब्लीका नेताको यस्तो टिप्णी छापिएको थियो– ‘भुट्टो प्रधानमन्त्रीको पदमा हँुदा नै अर्को बच्चा जन्माउने बारेमा सोच्नु हुँदैन थियो ।’
उनले भनेका थिए– ‘नागरिकले लिडरसँग बलिदानसम्मको आशा राख्छन् । तर हाम्री प्रधानमन्त्रीलाई मातृत्व, घरको सुख, ग्ल्यामर, जिम्मेवारी सबै कुरा चाहिने । यस्ता मान्छेलाई लोभी भनिन्छ ।’

गर्भवती र राजनीति
सन् १९८८ मा पनि प्रधानमन्त्री बन्नुभन्दा पहिला जब बेनजिर गर्भवती थिइन्, त्यो समयमा पनि उनको  गर्भवती हुनु नै एक किसमले राजनीतिक हतियार बनेको थियो ।

बीबीसीका लागि लेखिएको ‘गर्भवती र राजनीति’ लेखमा उनले– ‘१९७७ पछि जिया उल हकले पहिलो पटक पाकिस्तानमा लोकतान्त्रिक तरिलकाले चुनाव गराउने घोषणा गरेकी थिइन् । किनभने त्यो समयमा म गर्भवती छु भनेर उनले थाह थियो । उनलाई के लाग्यो भने यो गर्भवती महिला चुनावी अभियान सञ्चालन गर्न सक्ने छैन ।’

‘तर म चुनावी अभियान चलाउन सक्थँे, मैले सकँे, मैले जितेँ र यो धारणलाई गतल सावित गरिदिएँ ।’ १९८८ को चुनावभन्दा केही महिना पहिला बिलावल जन्मे र बेनजिर प्रधानमन्त्री बनिन् ।

जानीजानी बाँझो र शासनका लागि अयोग्य
३० वर्षपछि केही परिवर्तन भएको छ । तर पनि सोचाइ उस्तै छ । पुरुष  राजनेताहरूलाई प्रायः राजनीतिका लागि जाँचिन्छ । तर महिला राजनेताहरूका लागि काम, विवाह, बच्चा जस्तो मुद्दामा पनि जाँचिन्छ । पदमा रहँदा बच्चा जन्माउने कुरा होस् अथवा चाहना अनुसार बच्चा जन्माउने अधिकार ।

‘जानीजानी बाँझोपन र शासन सञ्चालनका लागि अयोग्य’ यही ती शब्द थिए, जुन अस्ट्रेलियाका एक नेताले सन् २००७ मा जुलिया गिलार्डका लागि प्रयोग गरेका थिए ।  जुलिया पछि प्रधानमन्त्री बनिन् ।

भनाइको तात्पर्य के थियो भने जुलिया गिलार्डका बच्चा थिएनन्, त्यसकारण उनी शासन गर्न लायक छैनन् ।

डाइपर बदल्न थालेपछि काम कसरी हुन्छ
अघिल्लो वर्ष बेलायतको चुनावको कवर  गर्ने समयमा मैले पनि यस्तै देखेकी थिएँ । संसदीय चुनावभन्दा पहिला एक गर्भवती महिला उम्मेदवारको बारेमा स्थानीय नेताले भनेका थिए– ‘यी त डाइपर बदल्नमा व्यस्त हुन्छिन्, मान्छेहरूको कुरा कसरी सुन्छिन् ।  गर्भवती महिला कसरी राम्रो सांसद बन्नसक्छन् । ’

जर्मनीकी एङ्गेला मर्केल हुन् या भारतकी मायावती, महिला नेताहरूले विवाह नगर्ने र बच्चा  नजन्माउने कुरा  सुन्नुपर्छ ।

२००५ को चुनाव प्रचारका समयमा एङ्गेला मर्केलको बारेमा भनिएको थियो– ‘मर्केलको बायोडाटाले देशभरीका अधिकांश महिलाको प्रतिनिधित्व गर्दैन ।’

भनाइको तात्पर्य थियो– उनको बच्चा थिएनन् । त्यसकारण उनले देश र परिवारको बारेमा केही बुझ्न सक्दिनन् । जब मायावती मुख्यमन्त्री थिइन्, त्योबेला जेलमा रहेका बरुण गान्धीसँग मेनका गान्धीलाई भेट्ने अनुमति दिएको थिइएन । मेनका गान्धीले ‘एउटी आमाले मात्र मेरो भावना बुझ्न सक्छ ।’ भनेकी थिइन् ।

संसदमा  स्तनपान
राजनीति, घरपरिवार र बच्चासम्मको हेरचाह गर्ने जिम्मेवारी जब महिला राजनीतिज्ञको हुन्छ त्यतिबेला सामाज तथा पारिवारको सहयोग र समर्थन चाहिन्छ ।

बेलायतमा २०१२ मा डाक्टर रोजी कैपबेल र प्रोफेसर सारको एक अध्ययनका अनुसार आम नागरिकहरुको भन्दा महिला सांसदहरूको बच्चा हुन नसक्ने सम्भावना दुई गुणा हुन्छ ।

यसैगरी बेलायतमा जब महिला सांसद पहिलो पटक संसदमा आउँछन्, त्यो समयमा उनका बच्चाको औसत उमेर १६ वर्ष हुन्छ । तर पुरुष सांसदहरूको पहिलो बच्चाको उमेर १२ वर्ष हुन्छ ।

युवा अवस्थामा महिलाहरूलाई सांसद हुन धेरै समय लाग्छ । अहिले कैयौँ देशमा महिला सांसदहरूका लागि नयाँ प्रावधान लागू भइको छ । जसले बच्चाको जिम्मेवारी सम्हाल्दै संसदको काम पनि सहज रुपमा गर्न सक्छन् ।

अस्ट्रेलियामा २०१६ मा संसदीय सदनको चेम्बरमा महिला सांसदहरूलाई आफ्ना बच्चालाई स्तनपान गराउने अनुमति दिइयो । २०१७ मा संसदमा बच्चालाई स्तनपान गराउने लैरिसा वाटर्स पहिलो अस्ट्रलियन सांसद हुन् ।

राजनीतिको नमुना 
भारतमा यस्तो बहस धेरै टाढा छ । यहाँ त अहिले पनि संसदमा महिलाको सङ्ख्या किन कम छ भनेर बहस हुन्छ ।

कैयौँ जानकारहरू के प्रश्न उठाउँछन् भने बढीजसो जुन महिला सत्तामा आएका थिए, त्यो समयमा उनीहरु अविवाहित थिए, के यो संयोक मात्र थियो ? इन्दिरा गान्धी, ममता बनर्जी, जयललिता, मायावती, शीला दीक्षित, उमा भारती, वसुन्धरा राजे ।

के कहिल्यै यस्तो समय आउला… कुनै महिलाको राजनीति महत्वाकाङ्क्षा र सफलतालाई विवाहिता, बच्चा जन्माएकी, जन्माउनेवाली अथवा जन्माउन नै नचाहने कुरा नजाँचियोस् ।

अहिले विश्वको ध्यान न्युजल्यान्डकी प्रधानमन्त्रीमा छ । सामाजिक सञ्जालका सामान्य कुरामा त चर्चा हुन्छ । यस्तो समयमा आमा बन्न लागेकी उनी पहिलो प्रधानमन्त्री होलिन् ।

प्रतिक्रिया दिनुहोस्