आमाछोरी मारिए

0
Shares

इस्लामावाद, (एजेन्सी)

पाकिस्तानको दक्षिण पश्चिमी शहर क्वेटामा पोलियो थोपा ख्वाउने अभियानमा सरिक एक आमा र उनकी छोरीलाई अज्ञात बन्दुकधारीहरुले गोली हानेर मारेका छन्। बालबालिकाहरुलाई पोलियो थोपा ख्वाउँदै गरेका ३८ वर्षीया सकिना विवी र १६ वर्षीया रिज्वानालाई एउटा मोटरसाइकलमा आएका दुईजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

अहिलेसम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। तर इस्लामिक लडाकूहरुले मुस्लिमहरुलाई खोप लगाउने काम पश्चिमीहरुको षड्यन्त्र भएको भन्दै लामो समयदेखि विरोध गर्दै आइरहेका छन्।