किमको प्रशंसा

0
Shares

मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनले आणविक हातहतियार प्राप्त गर्ने प्रतिस्पर्धाको म्याच जितेको प्रतिक्रिया बिहीबार दिएका छन्। राजधानी मस्कोमा रुसी अखबारका प्रधानसम्पादकहरूसँगको भेटघाटको क्रममा पुटिनले किम सुशिक्षित र परिपक्व राजनीतिज्ञ भएको बताएका छन्। साथै उनले किम कुनै पनि लक्षित स्थानमा मार हान्न सक्ने आणविक हतियार बनाउन सफल भएको पनि बताएका छन्। सधैं किमको बारे मीठो कुरा गर्ने पुटिनको हालै सम्पन्न उत्तर र दक्षिण कोरियाबीचको उच्च स्तरीय वार्तापछि यो प्रतिक्रिया बाहिर आएको हो।