नेपाल समाचारपत्र
काठमाडौं
नेपाल आयल निगमले इन्धनमा मूल्य वृद्धि गरेसँगै मंगलबारदेखि लागू हुने गरी वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले आन्तरिक हवाई भाडामा वृद्धि गरेको १ दिन बित्न नपाउँदै सरकारले आयोनको कार्यलयमा छापा मारेको छ।
इन्धनको मूल्य वृद्धिले मात्र भाडा बढाउन नमिल्ने भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार आयोनको गौशालास्थित कार्यालयमा छापा मारेको हो। आयोनले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा वृद्धि गरेको थियो।
काठमाडौं–धनगढीमा अधिकतम हवाई भाडामा २ सय २० रुपियाँ र न्यूनतम काठमाडौं–सिमरामा ४५ रुपियाँ वृद्धि गरेको थियो। ‘आयोनले गरेको मूल्य वृद्धि नियम विपरीत रहेको ठहर गरी हामीले छापा मारेका हौं’, विभागका प्रवक्ता लक्ष्मण श्रेष्ठले भन्नुभयो– ‘आयोनले गरेको मूल्य वृद्धिबारे जानकारी पाउनासाथ हामीले छापा मारेका हौं। भाडा बढाउनुपर्ने कारणसहितको आधारपत्रसहित उपस्थित हुनका लागि २४ घण्टे पूर्जीसमेत दिएको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘मूल्य वृद्धि गर्नुपर्न आधार र हालसम्मको कागजातसहित उपस्थित हुन भनिएको बताउनुभयो।’ यता आयोनले भने नियमसंगत तरिकाले नै हवाई भाडा बढाएको भन्दै हवाई भाडा निर्धारण समितिकै सहमतिमा भाडा बढाएको बताएको छ। शुक्रबार रातिबाट लागू हुने गरी निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपियाँ बढाएर ८७ रुपियाँ कायम गरेको थियो।











प्रतिक्रिया