पुर्व नवलपरासीबाट शशांक कोइराला निर्वाचित



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी पुर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका छन् । उनले योसँगै यही क्षेत्रबाट जितको ह्याट्रिक गरेका छन्

महामन्त्री कोइराला पुर्व नवलपरासीबाट ४ हजार ५ सय २७ भन्दा धेरै मतले विजयी भएका हुन् । कोइरालाले ३७३७३ मत ल्याएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२८४६ मत ल्याएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व क्षेत्र नम्बर १ बाट चुनाबी मैदानमा उत्रेका कोइरालले वाम गठबन्धनका उम्मेद्वार माओवादी नेता पराजुलीलाई पराजित गरेका हुन् । मुख्य निर्वाचन कार्यालय नवलपुरले घोषणा भने सोमवार विहान मात्रै घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्