झापा ४ मा एमालेका एलपी साँवा १७ हजार बढी मतान्तरले विजयी



काठमाडौं । झापाको क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु पहिलो विजयी भएका छन् ।

लिम्बुले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् ।

एमालेका साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गरेका छन् भने कांग्रेसका थेबेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्