स्थगित भएको रुकुममा शान्तिपुर्ण रुपमा मतदान, मत कम खस्यो



धनवीर दाहाल, रुकुम पश्चिम । गत मंसिर १० गते एसिड प्रकरणका कारण स्थगित भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्र ख बुथको समानुपातिक तर्फको र बाँफिकोट गाँउपालिकाको रत्न आधारभुत बिद्यालय बाँफिकाँडा प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको
पुनः मतदान शुक्रबार शान्ति पुर्ण सम्पन्न भएको छ । दुवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएकमो मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बिहान ७ बजे बाटै मतदान सुरु भएको र ३९७ मत खसेको रत्न आधारभुत विद्यालय काँडा क मतदान केन्द्र बाँफिकोट–५, का मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँफिकोटको मतदान केन्द्रमा ६ सय ७२ मतदाता थिए । सो मतदान केन्द्रमा २५१ मत खसेको बेला आइतबार आगलागी भइ मतपेटिका जलेपछि स्थगित भएको थियो । गत आइतबार सो मतदान केन्द्रमा स्थगित भएको प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको बाहेक समानुपातिक र प्रदेश सभा प्रत्यक्षमा ४३६ मत खसेको थियो । यस पटक ३९ मत कम खसेको मतदान अधिकृत पौडेलले बताउनुभयो ।

यसै गरी ७ सय ५६ मतदाता रहेको आठबिसकोट नगरपालिकाको वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदानको केन्द्रमा पनि शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत कर्णबहादुर कुँवरले बताउनुभयो । सो मतदान केन्द्रमा ३२१ मत खसेको छ । गत आइतबारको मतदानमा समानुपातिक बाहेक अरुमा ४९६ मत खसेको र यस पटक १७५ मत कम खसेको मतदान अधिकृत कुवँरले जानकारी दिनुभयो । आइतबारको मतदानमा ३३६ मत खसेको बेला मतपेटिकामा आगलागी भएको थियो । यस पटक अपेक्षा गरिए अनुुसारको मत नखसेको मुख्य निबार्चन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृत सहितको निबार्चन टोलीले मत पेटिका शुक्रबार अबेर सम्म भएनि सदरमुकाम पुर्याउने मुख्य निबार्चन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्