सात वटा भरुवा बन्दुकसहित २ जना पक्राउ

0
Shares

हेटौंडा,(नेस) । प्रहरीले एकै स्थानबाट बुधबार ७ वटा भरुवा बन्दुकसति २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार विहान करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय ठिंगन, मकवानपुरबाट खटिएको प्रहरीले बकैया गाउँपालिका–११, गमलटार बस्ने वर्ष ४४ का सेते घलानले वर्ष ५५ की ठूलीमाया घलानलाई कुटपिट गरेको सूचना प्राप्त भएपछि त्यसतर्फ लागेको प्रहरीले बन्दुकहरु बरामद गरेको हो ।
सेते घलानलाई नियन्त्रणमा लिने क्रममा उनको घरमा भरुवा बन्दुक रहेको बुझिएपछि घलानलगायतको घर खानतालसी गर्दा ७ वटा भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
घलानको घरबाट ३ नाल भरुवा बन्दुकसहित उनलाई नियन्त्रणमा लिइएको छ भने दशरथ घलानको घरबाट १ नाल भरुवा बन्दुक, तीर्थबहादुर घलानको घरबाट २ नाल भरुवा बन्दुक र गणेश न्यासुरको घरबाट १ नाल भरुवा बन्दुक बरामद गरिएको हो । फरार रहेका तीर्थबहादुर र गणेश न्यासुरको खोजी भइरहेको छ ।