अध्यक्ष प्रचण्डको घरदैलो कार्यक्रम चलिरहेकै बेला बम विस्फोट

0
Shares

चितवन। भरतपुर महानगरपालिका २३ स्थित चिहानडाँडामा आज  बिहान बम भेटिएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डको घरदैलो कार्यक्रम चलिरहेकै बेला  प्रेसर कुकर बम विस्फोट भएको हो ।

बुधबार बिहान प्रचण्डको वडा नम्बर २४ को दीपचोक, ध्रुवबजारलगायतका स्थानमा घरदैलो कार्यक्रम रहेको थियो । उक्त  घरदैलो चलिरहेको बेला  चिहानडाँडामा बम भेटिएको हो ।

प्रेसर कुकर बम भेटिएको भन्ने जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई डिस्पोज पारेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।