बर्दियामा वाम गठबन्धनको झण्डा फाल्दै प्रहरी !

0
Shares

बर्दिया १३ । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धनविरुद्धको अभियान थालिएको छ । गए राती बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी प्रहरीसहितको टोली पक्राउन परेको हो । उनीहरुलाई गठबन्धनको झन्डा फाल्दै गर्दा युवासंघ बर्दियाका कार्यकर्ताले पक्राउ गरेका हुन ।
राति १० बजे अस्थाई प्रहरी चौकी ककौराका प्रहरी जवान हेमन्त केसी, म्यादी प्रहरी लोकबहादुर खड्का, प्रकाश बयरकोटी समेतका ७ जनालाइ पक्राउ गरी अस्थाई प्रहरी चौकीलाइ बुझाइएको संयुक्त युवा विद्यार्थी जिल्ला निर्वाचन परिचालन कमीटीका संयोजक धुव्र थापाले बताए । उनले भने, ‘उनीहरुले हाम्रो वाम गठबन्धनका साथीहरुले घर र सडक छेउमा राखेका झन्डा निकाल्दै साइकलको टोकरीमा राखेका थिए । हाम्रा साथीहरुले समाए ।’
अध्यक्ष थापाले आगामी दिनमा यस्तो हर्कत गरिए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए । यस बारेमा स्थाई प्रहरी चौकी ककौराका असई अमर खत्रीले आफूलाई केही जानकारी नभएको बताए पनि पक्राउ परेका उनीजरूलाई इलाका प्रहरी कार्यालय बाँसगढीमा पठाइएको बताए ।
यता संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटी बर्दियाले उक्त कार्यको भ्रत्र्सना गर्दै सत्ताको आडमा यस्ता कार्यहरु नगर्न चेतावनी दिएको छ ।