नेपाल समाचारपत्र, काभ्रे । बाम गठबन्धनका तर्फबाट काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा २ (ख) का उम्मेदवार चन्द्र लामाले नेपाली काँग्रेसले वैचारिक रूपमा जनतामाझ प्रवेश गर्न नसकेको बताएका छन् ।
निर्वाचन प्रचारका क्रममा लामाले नेपाली काँग्रेसले बाम गठबन्धन बनेपछि निर्वाचन जित्ने पहिलो प्रयास स्वरुप राजनीति व्यक्तिलाई पाखा लगाएर धन र डन हेरेर टिकट दिएको पनि बताएका छन् । बाम गठबन्धनको प्रमुख प्रतिद्धन्द्धी नेपाली काग्रेसले यो क्षेत्रमा सेलिबे्रटी डन गणेश लामालाई टिकट दिएको छ ।
निर्वाचन प्रचार र घरदैलो कार्यक्रमका क्रममा धुलिखेल र पनौतीमा भएको मतदाताहरुसंगको छलफल तथा अन्तक्र्रियामा बोल्दै लामाले राजनीतिको लामो ईतिहास बोकेको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा राजनीतिक संस्कार भन्दा पनि धन र बलको दवावले मतदाताहरुलाई प्रभाव पार्न खोजेको बताएका छन् । यस्तो अवस्थमा अगाडि बढिरहेको राजनीतिक अवस्थालाई ध्यानमा राखेर समाज र आम जनताको समृद्धि र विकासको लागि राम्रो राजनीतिक संस्कारको आवश्यक भएको लामाको भनाई छ । उनले पार्टीको उमेदवार भन्दा पनि उमेदवारको दृष्टिकोण, ब्यवहार र यसको आचरणबाट कसले समाज र जनताको हितको निमित्त काम गर्न सक्छ, उसलाई रोज्न समेत अग्रह गरे । ‘आदरणीय आमा बुबाहरु, तपाईहरु यतिवेला आफ्नो घरको छाक टार्नको लागि कमाएका अलिअलि पैसा खर्च गरेर स्कुलमा छोराछोरीको शुल्क तिर्नु पर्ने खर्च बोकेर चुनावमा उत्रनुभएको छ, त्यसको उचित सम्मान कुन उमेदवारहरुलाई जिताउँदा हुन्छ भन्ने बुझेर मतदान गर्नुहोला ।
बाम गठबन्धनका उमेद्वार लामाले ऐतिहासिक महत्व बोकेको पनौतीलाई ऐतिहासिक धार्मिक क्षेत्रको विकास गरी धार्मिक पर्यटनको विकास गर्ने र सानो उपत्यका सुनथान क्षेत्रलाई सुन्तला र फलफुलको हबको रुपमा बिकाश गदै जुस उत्पादन केन्द्र बनाई स्थानिय स्थरमै रोजगारीको बातावरण बनाउने योजना भएको बताएका छन् ।
हिजोको आफ्ना पार्टीले सुरु गरेका विकासका आधा कामलाई आफूले पुरा गर्ने समेत लामाले बताए । जनताको आवश्यकता पहिचान गरी आफूले यस क्षेत्रको विकासका लागि आफू दिन रात नभनी काम गर्ने समेत उनले बनाउने बताएका छन् ।
पनौती सुन्थान हुँदै विपि राजमार्ग जोड्ने सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्नका लागि उक्त सडक कालोपत्रे गर्ने समेत लामाले बताएका छन् । नमोवुद्घ क्षेत्र, शंखु क्षेत्र, दाप्चा क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाउने लामाले दावी गरेका छन् । शंखुको सुन्तला उत्पादनलाई जोड दिँदै यस क्षेत्रमा जुस उद्योग खोल्ने समेत उनले दावी गरेका छन् ।
कुरा भन्दा पनि काम गर्ने बताउँदै उनले आफू विकासको क्षेत्रमा भएको अनियमितता समेत रोकी तिव्र विकासका लागि लागि पर्ने बताए । नमोवुद्घलाई विश्वसामु चिनाएर धार्मिक पर्यटन भित्राउने र यस क्षेत्रको साधन, स्रोतको उचित व्यवस्थापन गर्ने लामाले बताए ।











प्रतिक्रिया