बम विश्फोट भएको स्थानमा खटिएका ६ प्रहरी निलम्बनमा

0
Shares

रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङको एक मतदान स्थलमानै बम विस्फोट भएपछि सो क्षेत्रमा सुरक्षाका लागि खटिएका एक प्रहरी सहायक निरिक्षक (असइ) सहित ६ जनालाई निलम्बन गरीएको छ ।

सुरक्षा सम्बेदनशिलतामा हेलचेत्र्mयाइ गरेको भन्दै प्रहरी सहायक निरिक्षक गंगादेबी खत्री सहितलाई निलम्बन गरीएको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार निलम्बन हुनेहरुमा १ असइ १ हवल्दार र ४ जना जवान रहेका छन् ।

गत मंसिर ९ गते ताप्लेजुङको भानु मावि मतदान स्थलमा मतदानको लागि बुथ निर्माणकै क्रममा बम विश्फोट भएको थियो । मतदान स्थलमा तीन दिन अघि देखिनै प्रहरी परिचालन गरीए पनि बम राख्दा समेत थाहा नपाएको सुरक्षाको स्थितिलाई हेलचेक्राई गरेको भन्दै ति प्रहरीलाई निलम्बन गरीएको प्रहरी स्रोतको दावि रहेको छ ।

निलम्बन भएका सबैको नाम भने खुलेको छैन । सो निलम्बनको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । तर प्रहरी सहायक निरिक्षक सहितका छ जनालाई आईतबारनै निलम्बन गरेको बताईएको छ ।

सो दिन विश्फोट भएको बम टाईम बम रहेको प्रहरीले बताएको छ । बुथ निर्माण भईरहेको समयमा बम विस्फोट भए पनि कुनै मानविय क्षति भने भएको थिएन । बम विस्फोट पनि सो स्थानलाई परिवर्तन गर्दै सोहि विद्यालयको अर्को खेलमैदानमा मतदान स्थल निर्माण गरी मतदान गराईएको थियो ।

बम दुई जनाले मध्य रातमा राखिएको थियो
एउटा गेटबाट मात्रै पस्न सकिने सो बम विस्फोट भएको विद्यालयमा वरिपरी काँडेतारले परीसर घेरिइको छ ।

विद्यार्थिको निगरानिका लागि विद्यालय परीसरलाई कैद गर्ने गरी विद्यालयले सिसि क्यामरा पनि जडान गरेको छ । बम विस्फोट भएको विहानको राति करीब २ बजेको समयमा दुई जना युवक आएर सो विद्यालयको मतदान स्थान बनाउने ठाउँमा खनेर बम राखेर भागेको विद्यालयको सिसि क्यामराले कैद गरेको छ ।

सो समयमा मतदान स्थलको सुरक्षाको लागि प्रहरी सहायक निरिक्षक गंगादेबी खत्री सहितको प्रहरी टोलि परीचालन गरीएको थियो । बम राखेको नजिकै विद्यालय निर्माणको लागि बालुवा थुपारीएकाले बम राख्न आएकाले खनेर बम राखि पुन पुरेर माथिबाट बालुवा छरीएको जस्ने बनाएर भागेका थिए ।

बम राखेको १२ घण्टा पछि सो बम विस्फोट भएको देखिएको छ । सो सिसि टिभिको भिडियो फुटेज प्रहरी र नेपाली सेनाले अनुसन्धानका लागि बम विस्फोट भएको केहि घण्टामानै लगे पनि हाल सम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

सो बम राखेको देखिने सिसि टिभि फुटेज भने हार्डडिक्स बाट प्रहरीले कपि गरी हटाएको छ । बम राख्ने र पट्काउने फेला नपारे पनि सुरक्षाका लागि खटिएकालाई पनि सुरक्षामा लापरबाहि गरेको भन्दै निलम्बन गरेको छ ।