वाम गठबन्धनले बानेश्वर चोक कब्जा गर्दा सडक जाम, यात्रु समस्यामा

0
Shares

काठमाडौं । चुनावी सभाका लागि वाम गठबन्धनका कार्यकर्ताले काठमाडौंको बानेश्वर चोक कब्जा गर्दा सडक जाम भएको छ । वाम गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भन्दै चुनावी सभाका लागि गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न दिएका छैनन । थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई अहीले समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी भइरहेकाले तिनकुने र बबरमहलसम्मकै सडकमा पनि गाडी जानमा फसेका छन् ।
वाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १ को चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललगायतले संबोधन गर्ने तयारी छ ।