उड्ने क्रममा रहेको तारा एयरको विमान हुम्लामा दुर्घटना, थप विवरण अाउन बाँकी


हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ । विमानका चालकसहित केही घाइते भएकाे समाचार छ । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताए । उनका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका  छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भने ।

उनले विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको पनि बताउनुभयो ।