‘देवी ज्ञवाली अपहरणमा परे’

0
Shares

काठमाडौँ । लोकतान्त्रिक गठवन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले, एमाले नेता देवी ज्ञवाली अपहरणमा परेको टिप्पणी गरेका छन् ।
प्रचण्डलाई जिताउन फिल्डमा खटिएका ज्ञावालीलार्इ उनले तिखो व्यंग्य प्रहार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छु, नेता पाण्डे भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’
उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाउदै यस्तो टिप्पणी गरेका हुन् । पाण्डेले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोलि सत्ताकेन्द्रित राजनीतिमा रमाउन थालेको आरोप समेत लगाए ।