प्रचण्डलाइ हराउन एमालेको बागी उम्मेदवारी

0
Shares

चितवन । चितवन क्षेत्र नम्बर ३ का वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विरुद्धमा एमाले युवा नेताले बागी उम्मेदवारी दिने भएका छन । दाहालको निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा एमालेका युवा नेता राम न्यौपानेले बागी उम्मेदवारी दर्ता गर्न लागेका हुन । उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन । न्यौपानेले एमालेको बलियो जनमत रहेको क्षेत्र नै माओवादीलाई दिएको भन्दै आफू स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको बताए । उनले प्रतिनिधि सभामा सोही क्षेत्रबाट लड्न लागेको माओवादी अध्यक्ष प्रचण्डलाई समेत असहयोग गर्ने चेतावनी दिएका छन ।