वाम गठबन्धन: प्रदेश २ मा एमालेलार्इ भन्दा माओवादीलार्इ धेरै सिट



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले प्रदेश नम्बर २ बाट उम्मेदवारको टुंगो लगाएका छन् ।

दुर्इ दलले यो प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाका सिट संख्याको टुंगो लगाएका हुन् । दुर्इ पार्टीबीचको कार्यदलले भागबण्ड लगाएपछि सोमबार बसेको शीर्ष नेताको बैठकले सिट संख्या टुंग्याएको हो ।

स्रोतका अनुसार प्रदेश २ मा एमालेले भन्दा  माओवादीले धेरै सिट पाएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रले १५ जना उम्मेदवार यहाँबाट उठाउने भएको छ । एमालेले १३ जना उम्मेदवार उठाउने भएको छ ।

अन्य तीनवटा सिट भने स्वतन्त्र उम्मेदवारलार्इ दिइने भएको छ । प्रदेश सभामा भने एमालेले धेरै सिट लिएको छ । एमालेले ३० सिट लिँदा माओवादी केन्द्रले २८ सिट लिएको छ ।

दुर्इ पार्टीको वाम गठबन्धनले कांग्रेसका नेता विमलेन्द्र निधी उठ्ने धनुषा क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार उठाइने भएको छ । त्यसैगरी महोत्तरी क्षेत्र नम्बर २ र सर्लाहीको क्षेत्र नम्बर २ पनि दुर्इ दलले स्वतन्त्र उम्मेदवारका लागि छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्