यी हुन् नाम फेरेका बलिउड स्टार !

0
Shares

काठमाडौं । बलिउडमा छलाङ मार्ने स्टारहरुले आफ्नो पहिचान बनाउनका लागि नाम फेर्नुपरेको थियो । केही स्टारले आफ्नो सरनेम फेरे भने कसैले रियल नेम । आजका यी सुपरस्टाहरुलाई आफ्नो वास्तविक भन्दा पनि डुप्लिकेट नामले चिनायो ।

यी हुन् नाम फेरेका स्टार

१. अजय देवगन

एंग्री म्यान अजय देवगनको रियल नाम विशाल देवगन हो । तर बलिउडमा पहिचान बनाउन उनले नाम फेरेर अजय देवगन राखे ।

२. अमिर खान

 

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको असली नाम मोहम्मद आमिर हुसैन खान हो । तर उनले आफ्नो नाममा अमिर मात्रै राखे । त्यही नामले उनको पहिचान बन्यो ।

३. दिलीपकुमार

बलिउडका दिग्गज कलाकार दिलीप कुमारको रियल नाम मोहम्मद यसूफ खान हो ।

४. जोन अब्राहम

जोन अब्राहमको रियल नाम फरहान अब्राहम हो । तर उनले नाम फेरेर जोन अब्रहाम राखे ।

५. मधुबाला

७० को दशककी खुबसुरत हिरोइन मध्ये एक हुन् मधुबाला । उनको नाम मुमताज जेहन देहलवी हो ।

६. रजनीकान्त

साउथका सुपस्टार रजनीकान्तको असली नाम शिवाजी राव गायकवाड हो । तर उनलाई संसारले रजनीकान्तको नामले चिन्छ ।

७. जितेन्द्र

७०–८० को दशकका चर्चित एक्टर हुन् जितेन्द्र । उनको असली नाम रवी कपूर हो ।

८. सलमान खान

बलिउडका दबंग खानको नामले चिनिने सलमान खानको नाम अब्दुल रशीद सलिम सलमान खान हो ।
९. अभिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनले पनि आफ्नो नाम फेरेका थिए । उनको असली नाम इन्कलाब श्रीवास्तव हो । एजेन्सी