उदयपुर सुमो दुर्घटनाः ८ को मृत्यु, थप विवरण आउन बाँकी



उदयपुर । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएको खबर छ । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्