तनावमा रहेका एमाले शीर्ष नेताको मध्यरातमा घण्टौँसम्म ‘प्रेसर चेक’

0
Shares

काठमाडौँ । लगातारको बैठकबाट तनावमा परेका नेकपा एमालेका शीर्ष नेताहरुको मध्यरातमा स्वास्थ्य जाँच गरिएको छ । एमाले उपाध्यक्ष बामदेव गौतमको निजी निवास भैँसेपार्टीमा घण्टौँसम्म बसेको स्थायी कमिटी बैठकबाट प्रेसर महुस गरेका शीर्ष नेताको राति नै प्रेसर चेक गरिएको थियो । चिकित्सक किरण जंग कुँवरले नेताहरुको प्रेसर चेक गरेका थिए ।