कुमार खड्का एक महिनामै दोस्रो पटक नेपाली कांग्रेसमा प्रवेश

0
Shares

कास्की । नेपाली कांग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको बताएका छन । नेपाली कांग्रेस कास्कीको आयोजनामा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा अखण्ड पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवं पूर्व सभासद सूर्यबहादुर केसी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । खड्का दोस्रो पटक कांग्रेसमा प्रवेश गरेका हुन । यसअघि बिजय गच्छदारको लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरण हुनुभन्दा अघि नै प्रधानमन्त्रीको हातबाट टीका लगाएर प्रधानमन्त्री निवासमै कुमार खड्का कांग्रेस प्रवेश गरेका थिए । शनिबार ख्ड्का नेतृत्वको अखण्ड पार्टी समेत कांग्रेसमा विलय भएको छ ।