त्रिशुली दुर्घटना: एकै परिवारका पाँच जनाको मृत्यु, गजुरी वस्तीमा चुल्हो बलेन



राजविराज । सप्तरीको राजविराजबाट काठमाडौं गइरहेको बस त्रिशुली नदीमा खस्दा परिवारका पाँच जनाको मृत्युपछि सिङ्गो बस्ती शोकमग्न भएको छ ।

धादिङको गजुरी स्थित ना ६ ख १४६७ नम्वरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेर तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ तिलाठीको एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

तिलाठीसहित जिल्लाको बोदे वरसाईन, नेगडा, देउरी भरुवा, राजविराज बस्तीमा रुवावासी चलेको छ । छठ पर्व मनाएर काठमाडौं फर्किने क्रममा आफ्न्तको मृत्यु भएको खबरले वस्तीहरुमा चुल्हो समेत बलेको छैन् ।

तिलाठीका रमानाथ झाको सिंङ्गो परिवार नै बस दुर्घटनामा परि ज्यान गुमाएको छ । झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको छ ।

यस्तै संजितका ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत मृत्यु भएको छ । संजितका कान्छा छोरा प्रतिक र संजितकी साली पुजा अझै वेपता छन् । संयुक्त रात्री बस बुकिङ्ग काउण्टर राजविराजका अनुसार सप्तरीको राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्री बसमा सवार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्