धिमे बाजा प्रतियोगिता असोज १९मा

0
Shares

नगरकोट, ११ असोज (रासस)
दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ ।

मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई धिमेका सामग्रीका साथै शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।