सिप्रदीद्वारा म्याक फोरटी बजारमा

0
Shares

 

काठमाडौ, (नेस)
म्याक लुब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक फोर टी रोयल सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ इन्जिल आयल सावैजनिक गरेको हो। उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशन्का कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको हो।

कम्पनीका अनुसार म्याक फोर टी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकलाई लक्षित गरी उत्पादन गरिएको सेमी सिन्थेटिक आयल हो। कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्तालाई सो उत्पादन प्रयोग गर्न आग्रह गरेको छ।

नयाँ आयलले उच्च पावर तथा टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्याधिक गतिमा कुद्न सक्छ। यसका साथै यसको छिटो पिकअपले रोमाञ्चक ड्राइभिङ अनुभव प्रदान गर्दछ। यसले अक्सिडेसन स्थिरतालाई बढाउने भएकाले इन्जिन र आयलको आयु स्वतः बढ्ने र पाटपूर्जालाई समेत सुरक्षित राख्ने कम्पनीको दाबी छ।