भाइरल ज्वरोका कारण ३ को मृत्यु

0
Shares

 

सरिता चलाउने, सल्यान
सल्यानमा भाइरल ज्वरोका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ३ पुगेको छ। वनगाड कुपिण्डे नगरपालिका–३ धारकी ५० वर्षीया झूपी बस्नेतको भाइरल ज्वरोका कारण ज्यान गएको छ।

१ हप्तादेखि ज्वरोले थला परेकी बस्नेतको बुधबार बिहान ६ बजेको समयमा मृत्यु भएको दाजु प्रतिमल बुढाले बताए। वडा ३ का वडा अध्यक्षसमेत रहेका प्रतिमल बुढाका अनुसार वामेको २ वटै वडाका गाउँहरूमा अधिकांश मानिसमा ज्वरोले फैलिएको बताए।

गाउँ टोल र कसै कसैका पूरै परिवार ज्वरोले सताएको छ। वामे स्वास्थ्य चौकिमा भने औषधि नहुँदा नागरिकले सास्ती पाएको जनाएको छ। अस्पतालमा सामान्य सिटामोलसमेत राम्रोसँग भेटिँदैन, सल्लीबजार पुगेर प्राइभेट मेडिकलको औषधि किनेर खाँदा समेत ज्वरो निको नभएको स्थानीयको भनाइ छ। भाइरल ज्वरोले वामेलगायत वन्गाड कुपिण्डे नगरका विभिन्न वडामा नागरिकले ठूलै सास्ती खेपिरहेका छन्।

यसै हप्ता ज्वरोका कारण ३ को मृत्यु भएको छ। ज्वरोकै कारण वण्गाड कुपिण्डे नगरपालिका वडा ५ की भगवती साहुको र वडा ६ लाम्पाटा निवासी मानबहादुर बस्नेतको दिदी चित्री बस्नेतको मृत्यु भएको छ। भाइरल ज्वरोको प्रकोप बढ्न थालेपछि र एकपछि अर्को ज्वरोको कारण मृत्यु हुन थालेपछि यहाँका नागरिक त्रसित बनेका छन्।