स्थानीय तह चुनावमा नेतालाई भन्दा पत्रकारलाई चटारो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।  स्थानीय तहमा मतदान हुने दिन नजिकिदै गर्दा प्रदेश नम्बर २ को एक मात्रै महानगरपालिकामा भने पत्रकारलाई समेत चुनावी चटारो लागेको छ ।

स्थानीय स्तरमा पत्रकारहरु पनि उठ्ने तयारी गरेका कारण महानगरपालिकाका पत्रकारहरुलाई पनि चुनावी चटारो लागेको हो । पर्साको बिभिन्न स्थानीय तहमा पत्रकारहरु समेत चुनावी प्रतिस्प्रर्धामा उत्रने तयारी गरिरहेका छन् । संघीय समाजवादी पार्टीले वीरगन्जकी एकजना पत्रकार महिलालाइ उप मेयरकै उम्मेदवार बनाएको औपचारिक जानकारी नै दिएको छ ।

फोरम पर्साका अध्यक्ष प्रदीप यादवका अनुसार पर्साको पोखरिया नगरपालिकाको उपमेयरमा पत्रकार सलमा खातुनलाई उठाउने निर्णय गरेको हो । करिब एक दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल खातुनको पक्षमा भोट माग्न पत्रकार समेत जोडतोडले लागेका छन् ।

त्यसो त एक दशकभन्दा लामो समयदेखि वीरगन्जमा पत्रकािरतामा नै कृयाशिल आर.के.पटेलका शुभचिन्तहरुहरुले पनि भोट माग्न थालेका छन् । आर.के. कुन पार्टीबाट उठ्दैछन् भन्ने स्पष्ट नभएपनि चुनावी प्रतिस्प्रर्धामा रहेको उनका शुभचिन्ताकहरुले सामाजिक संजाल मार्फत भोट माग्दै जानकारी गराएका छन् । पत्रकार महासंघ पर्साका सहसचिव रहेका पटेल आफूले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्  ।

पत्रकर महासंघका उपाध्यक्ष समेत रहेका अनुप तिवारीको समेत नाम चर्चामा रहेको छ । एमाले निकट पत्रकार तिवारी आफैले भोट त मागेका छैनन् तर पार्टीे टिकट दिए उनी पोखरियाको मेयर पदमा उठ्ने मनस्थितिमा रहेको उनी निकटका पत्रकारहरुले बताए । यता नयाँ शक्तिबाट छठु साहले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पत्रकार महासंघको पुरानो केन्द्रीय कार्यसमितिले पत्रकार महासंघको कुनै जिम्मेवार पदमा रहेका ब्यक्ति स्थानीय तहमा उठ्नका लागि रोक लगाएको हालै नवनिर्वाचित कार्यसमितिले कुनै निर्णय नगरेका कारण चुनावी मैदानमा होमिने पत्रकारहरुका लागि आफूले रोकिहाल्ने अवस्था अहिले नभएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराले बताए ।
पत्रकार महासंघ पर्साका निबर्तमान सचिव कृष्णउदास खनाल भने गृह जिल्ला गोर्खाबाट बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचिनमा वडा अध्यक्षमा उम्मेवारी दिएका थिए । यद्यपी उनी पराजित भएका थिए ।