बाढी पिडीत सहयोगकालागीे राहत संकलन

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।
बाढी पिडीत सहयोगकालागी संखुवासभा जिल्लाको सदरमुकाम खादवारीमा १ लाख ५ हजार रुपैया नेपाल महिला संघले राहत संकलन गरेको छ । तराईका विभिन्न जिल्लामा बाढी पहिरो पिडीतलाई सहयोग गर्न उक्त रकम संकलन गरिएको बताईएको छ ।

श्रावण २७ गते देखि परेको अविरल वर्षाको कारण तराईको विभिन्न क्षेत्रमा वाढी पहिरो र डुवानबाट हजारौ परिवार पिडीत भएकाले मानविय नाताले शोक र भोकले पिडीत परिवारलाई सहयोग गर्न राहत संकलन गरिएको नेपाल महिला संघ संखुवासभाकी अध्यक्ष निरु बस्नेत तामाङले बताउनु भयो ।

उहाले जिल्लाको सदरमुकाम खादवारी बजार क्षेत्रका स्थानियवासीले नारीहरुको महान चाड तिज पर्वको खर्च समेत कटाएर स्व स्फुर्त वाढी पिडीतलाई राहत सहयोग गरेका छन । यो संखुवासभा जिल्लामा संकलित राहतले थोरै भए पनि वाढी पिडीतलाई ठुलो सहयोग पुग्ने बताउनु भयो ।

नेपाल महिला संघ संखुवासभाका पदाधिकारीद्धारा तिन दिन घर दैलो गरि संकलित राहत रकम नेपाल बैक लिमिटेडमा रहेको नेपाली काग्रेस को दैविक प्रकोप राहत कोषमा तत्काल जम्मा गर्ने थप संघकी जिल्ला अध्यक्ष तामाङले वताउनु भयो ।
अविरल वर्षाका कारण आएको बाढी पहिरोले तराईका विभिन्न क्षेत्रमा मानविय लगायत करडौको क्षति पुर्याएको थियो ।