निर्वाचन आचारसंहिता पालनामा जोड

0
Shares

फिरोज सिद्दिकी, सिरहा । निर्वाचन आचार संहिता पालन गरी स्थानीय तहको चुवाव मर्यादित पूर्वक सम्पन्न गर्नका लागि सबैले आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् ।
निर्वाचन आयोगले आयोजना गरेको सिरहाको लहानमा निर्वाचन र सञ्चार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
चुनाव हुनु हामी सबै नेपाली जनताका लागि खुशीको कुरा भएको भन्दै सहकार्य जरुरी रहेको निर्वाचन आयोगवाट मतदाता शिक्षा कार्यक्रमका प्रमुख सूर्य प्रसाद अर्यालले सिरहाका संचारकर्मीहरुलाइ अचारसंहिता पालना गरेर निर्वाचन सम्वन्धी समाचारहरुलाई प्राथमिकतामा राख्नु पर्ने प्रशिक्षण दिनु भयो ।
विगतमा पहिलो चरण र दोस्रो चरण गरी दुई तहको सम्पन्न निर्वाचनमा वढी मत बदर हुनु, विभिन्न दलका उम्मेदवारहरुले अचार संहिताको उल्लघंन गर्नु, मतदाताहरुलाइ सुरक्षित मतदान गर्न समस्या देखिनु, मतदान केन्द्रमा भय र त्रासको वातावरण उत्पन्न हुनु जस्ता गतिविधिहरुलाई संचार जगतले वेलैमा सुचना दिन सके उत्पन्न हुन सक्ने समस्याहरुवाट निर्वाचन आयोगलाई मदत मिल्ने प्रमुख अर्यालले भन्नु भयो ।
प्रेस काउन्सील नेपालका सदस्य सुदर्सन आचार्यले पत्रकारले समाचार संप्रेषण गर्दा कुनै दल वा पार्टीको मुखपत्र भएर समाचार संप्रेषण नगर्न आग्रह गर्दै सबै मानिसमा राजनैतिक स्वतन्त्रता भए पनि पत्रकारले राजनैतिक गन्ध आउने तरिकाले समाचार लेख्न र पढ्न नहुने धारणा राख्नु भयो । पहिलो चरणको निर्वाचनमा १ सय ३३ वटा र दोस्रो चरणको निर्वाचनमा ९९ वटा पत्रपत्रिका, टेलिभिजन, अनलाईहरुलाई आचार संहिता उलंघन गरेको भन्दै ध्यानाकर्ष गराएको थियो ।
प्रशिक्षणवाट सिरहाका चार दर्जन पत्रकारहरुले उर्जा प्रदान गर्नुको साथै संचारकर्मीहरुले समेत आफनो अचार संहितावारे जानकार भई काम गर्न सजिलो र सहज भएको नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले बताउनुभयो । प्रशिक्षणको अन्तयमा पत्रकारहरुले नमूना मतदान समेत गरेका थिए । कार्यक्रममा यएनडिपीका पूर्वाञ्चल प्रमुख उषा भूर्तेलले पनि आफनो धारणा राख्नु भएको थियो ।
कार्यक्रकमा सिरहाका मुख्य निर्वाचन अधिकृत अमृत वहादुर बस्नेत, प्रेस काउन्सील नेपालका सदस्य सुदर्सन आचार्य, सिरहा प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठ, लहानका निर्वाचन अधिकृत नारायण थापा लगायतका वक्ताहरुले निर्वाचन सम्बन्धी शिक्षा र सुचनालाई प्राथमिकतामा राखेर समाचार संप्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।