ईलाका प्रशासन कर्यालय चन्द्रनिगाहपुरका कर्मचारीको दादागिरी, कार्यालयमै मनलाग्दी पारा


सञ्जय कार्की, रौतहट । रौतहटको ईलाका प्रशासन कर्यालय चन्द्रनिगाहपुरका कर्मचारी कार्यालय समयमै हराउने गरेपछि सेबाग्रही मर्कामा पर्ने गरेका छन । काम बिषेश टाढा बाट आएका सेबाग्रहीहरु सामान्य कामको लागि दिनभरी बस्नु पर्ने नीयति बनेको छ ।

कार्यालयका अधिकृत कार्यालय समयमा नभेटिदा सेबाग्रही आक्रोशित भएका छन । आसन्न स्थानीय तहको निर्बाचनमा चन्द्रपुुर नगरपालिकाको लागि ईलाका प्रशासन कार्यालयका उपसचिब कमलराज भण्डारी निर्बाचन अधिकृत तोकिएपछि झनै सेबाग्रही मर्कामा परेका छन । शाखा अधिकृत सन्जु सुनवार खाजा खाने बहानामा चार घण्टा सम्म हराउने हुदा सेबाग्रहीको समयमै काम हुन नसक्दा १५ दिन सम्म धाउनु परेको गुनासो उनीहरुले गरेका छन । कार्यालयमा भेटिदा समेत उनले सेबाग्रही लाई गालि दिने, नागरिकताको प्रमाण पत्र कैचिले काटिदिने, र पासपोर्टको फर्म केरकार गरिदिने गरेको गुनासो सेबाग्रहीको रहेको छ ।

कार्यालय बाट सेबाग्रहीको काम छिटो छरितो र पादरदर्शी ढङ्गमा हुन नसक्दा दैनिक तीन सय भन्दा बढि सेबाग्रहीको भिड उक्त कार्यालयमा लाग्ने गरेको छ । अदालतमा तारिख धाएसंगै एउटा नागरिकता प्रमाणपत्र बनाउन १५ दिन देखि धाईरहेको ५६ बर्षिय मोहमतिया देबी बिनले बताउनु भयो । चार घण्टा पछि कार्यालय आईपुग्दा भेटिनु भएका शाखाअधिकृत सन्जु सुनवारले आफु खाजा खान नपाउने भन्दै पत्रकार लाई फोटो लिएको ठिक नहुने बताउनु भयो ।

उता गृहमंन्त्रि जनार्दशन शर्माले सेबाग्रहीको काम ढिला हुने गरेमा जानकारीको लागि टोल फ्रि नम्बर चलाएर लोकप्रियता हासिल गर्न खोजेपनि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको सेबा बाट बृध्द बृध्दाहरु बढि पीडित भएका छन । उनीहरु भन्छन जुन कागज लिएर आएपनि नमिलेको भन्दै फर्काईदिने गरिएको छ हामी पीडित छौ स्थानीय बच्चु साहले बताउनु भयो । अरु कार्यालयको निगरानी र सेबाग्रहीको गुनासो सुन्ने निकाय बाटनै सेबाग्रही पीडित हुन दुखको कुरा रहेको नेपाली काग्रेसका महासमिति सदस्य सुर्य बहादुर थापाले बताउनु भयो ।