दुई संघीय प्रतिनिधिसभासदस्य निर्वाचित हुनेगरी क्षेत्र निर्धारण गर्न माग

0
Shares

 

संखुवासभा (खादबारी), १४ भदौ । नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधि पाउनुपर्नेमा जोड दिनुभएको छ ।

खाँदबारीमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कार्कीले संविधानले व्यवस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभएको हो ।
इतिहासविद् तथा राजनीतिक विश्लेषक डा रमेश ढुंगेलले संखुवासभा जिल्लामा दुईजना जनप्रतिनिधि कायम गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संघीयतालाई अरु देशसँग तुलना गरेर नेपालमा लागू गर्न नमिल्ने भन्दै डा ढुंगेलले दुरदरजका जनताको आवाज समावेस गर्न र जनताको लागि राज्य छ, भन्ने अनुभूति गराउनुपर्ने धाराणा राख्नुभयो ।
अरुण विद्युत् आयोजना र चीनसँग जोडिएको किमाथाङका नाका रहेको संखुवासभा जिल्लालाई प्राकृतिक र जनसंख्याको आधारमा दुईजना जनप्रतिनिधि पाउने कुरामा संविधानले नै स्पष्ट देखाएको उहाँले जिकिर गर्नुभयो । रासस